‘हिन्दुत्व’बारे ट्विट गर्दा कन्नड अभिनेता चेतन पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

‘हिन्दुत्व’बारे ट्विट गर्दा कन्नड अभिनेता चेतन पक्राउ

एजेन्सी, ८ चैत्र । कन्नड अभिनेता चेतन कुमारलाई ’हिन्दुत्व’बारे ट्वीट गरेको आरोपमा बेंगलुरु प्रहरीले पक्राउ गरेको छ । हालै चेतनले ट्वीट गर्दै हिन्दुत्वको आधार झुट मात्रै भएको बताए । रावणलाई हराएर भगवान राम अयोध्या फर्केपछि मात्रै भारतले राष्ट्रको मान्यता पाएको सावरकरको सिद्धान्त झुट भएको उनले लेखेका थिए ।

टिबी 9 कन्नडका अनुसार चेतनलाई उनको ट्वीटमा उजुरी परेपछि बेंगलुरुको शेषाद्रिपुरम पुलिसले पक्राउ गरेको थियो। चेतनविरुद्ध आईपीसीको धारा २९५ ए र ५०५ बी अन्तर्गत हिन्दू धर्मको भावनामा चोट पु¥याएको र हिन्दू धर्मको अपमान गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

मार्च २० मा चेतन कुमारले ट्विटरमा हिन्दुत्वलाई झूट मात्र नभई बाबरी मस्जिदको ठाउँमा रामजन्मभूमि नभएको र हामी सत्यले हिन्दुत्वको झूटलाई हराउन सक्छौँ भनेर पनि लेखेका थिए । त्यस्तै २०२३ मा उरीगौडा र नान्जेगौडालाई टिपुका हत्यारा भएको दाबी पनि झुट हो । यसपछि बजरंग दलका शिवकुमारले चेतनविरुद्ध एफआइआर दर्ता गराएका थिए । चेतन कुमारलाई आज स्थानीय अदालतमा पेस गरिने छ ।
यसअघि पनि सन् २०२२ को फेब्रुअरीमा पनि चेतनलाई हिजाब मुद्दाको सुनुवाइ गर्ने उच्च अदालतका न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको थियो। यस बाहेक ब्राह्मण समाजमा उनको बयानका कारण उनीविरुद्ध दुई पटक उजुरी परेको छ ।

वास्तवमा, कर्नाटक चुनावमा भोक्कालिगा समुदायको समर्थन प्राप्त गर्न, भाजपाले उरीगौडा र नान्जेगौडाले टिपू सुल्तानको हत्या गरेको दाबी गरिरहेको छ। जबकि, इतिहासकारहरू विश्वास गर्छन् कि चौथो मैसूर युद्धमा ज्ञठढड मा, टिपुलाई निजामसँगै अंग्रेजहरूले मारे । अर्कोतर्फ, बीजेपीको विश्वास छ कि टिपु सुल्तानलाई दुई वोक्कालिगा नेताहरूले मैसूरलाई धोका दिएर मारेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);