नेकपा एमालेले स्थानीय कमिटीलाई दियो यस्तो निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

नेकपा एमालेले स्थानीय कमिटीलाई दियो यस्तो निर्देशन

काठमाडौं । नेकपा (एमाले)ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ ।

एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिकास्तरीय कमिटीहरुलाई निर्देशन दिइएको बताउनु भएको हो । एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उहाँले चैतको २० देखि २५ गतेसम्म ५ दिन पालिका स्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि स्थानीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराउनु भयो । त्यसैगरी २५ गतेदेखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाई थियो ।

उपमहासचिव रिमालले स्थानीय कमिटीहरुले किसानले भोगिरहेका समस्या, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासबारे पनि पार्टीको माथिल्लो कमिटीलाई रिर्पोटिङ गर्नुपर्ने योजना तय गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);