काठमाडौं, ५ चैत्र । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष समक्ष पेस गर्ने भएको छ ।
गत चैत्र ३ गते सम्पन्न निर्वाचनमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धि ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले परिणामसहितको प्रतिवेदन पेश गर्ने व्यवस्था छ ।