प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन १० दल सहमत | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन १० दल सहमत

काठमाडौं, ४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन १० दल सहमत भएका छन् । आज शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले उक्त सहमति गरेको हो ।

बैठकमा सहभागी नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विश्वासको मत दिनेमा सत्ता गठबन्धनका १० दल सहमत भएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सोमवार विश्वासको मत लिने तय भएको छ ।

विश्वासको मतको पक्षमा जाने निर्णय गरिएको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका शिर्ष नेताहरु सहभागी थिए ।

बैठकले आइतबार संघीय संसद्मा प्रस्तुत हुने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति गरेको काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);