विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछुः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछुः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

शुक्रवार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन÷चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताउनु भयो । प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’

प्रधानमन्त्री दाहालले सरकार बिस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);