काठमाडौं । पोखरामा ७२ जनाको ज्यान जाने गरी माघ १ गते भएको यति एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप गरिएको छ । नेपालको मन्त्रिपरिषद्ले यसबारे मङ्गलबार निर्णय गरेको जानकारी बुधवार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन भई ४५ दिनको समयावधि सकिइसकेको छ । उसले प्रारम्भिक प्रतिवेदनमा मानवीय त्रुटी खुलाएको छ ।
काठमाँडूबाट पोखरातर्फ उडेको यति एयरलाइन्सको विमान दुर्घटना हुँदा एकजना भारतीय यात्रुले खिचेको भिडियो भाइरल भएको थियो । विमान अवतरणका क्रममा अचानक अनियन्त्रित भई सेती नदीको खोचमा खसेको थियो ।
यति एयरलाइन्सको कल साइन नाइन एनएएनसी फ्लाइट नम्बर ६९१ एटीआर जहाज दुर्घटनामा पर्दा कोही पनि जिवित भेटिएका थिएनन् ।