ललित सिहं बझाङ्ग १८ चैत्र । ्स्थानीय शान्ति समितिद्धारा १४ जना स्थानिय द्धन्द्ध पिडीत सम्मानीत भएका छन् । दिगो शान्ति र राष्ट्र बिकासको आधार भन्ने मुल मन्त्रका साथ आज जिल्लाका सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम गरी १४ जना द्धन्द्ध पिडीत सम्मानीत गरेको छ । सोकारवाला संगको अन्तरत्रिया कार्याक्रममा मृतक,बेपत्ता,घाईते,अपाङ्ग भएका ब्यक्तीलाई सम्मान गरिएको हो । शान्ति समितिका जिल्ला संयोजक पृथ्बी बहादुर सिहंले कार्यक्रममा बोल्दै भने दश बर्षको लामो दन्द्धकालका धेरै दाजुभाई र दिदीबहिनी पिडीत भएका छन् तर यीनीहरु मध्य वास्तबीक दन्द्ध पिडीत को हो भनेर चिन्न नसक्दा हामी सबैर्लाई अप्ठयारो भएको छ बास्तबिक दन्द्ध पिडीत नखुलेको हुनाले पिडीतको पिडीत तै छ र जो नक्कली दन्द्ध पडिीत हुँ भनेर आउनेलाई राम्रोचिनेर दन्द्ध पडिीत घोषण गर्नु पर्ने बताउनु भएको छ ।
जिल्लामा धेरै मृतक परिवार छन् यिनीहरुले राज्यको सेवा सुबिधाबाट बञ्चित हुन दिनुहुन्न र बास्तबीक दन्द्ध पिडीतको मुल्याङ्ग स्थानीए सरकार र केन्दीय सरकारले पनि बिकट ठाउँमा रहेका मृतकका परिवारलाई पनि अन्य ब्यक्तीले पाउने सेवा सुबिधा भन्दा बढी सेवा राज्यले दिनु पर्ने धिर बहादुर थापाले बताए । दश बर्षीय जनयुधमा ज्यान गुमाएका परिवारको र हामी सबैको मुटु काप्छ बिगतका कुराहरु र घटेका घटनाहरु सम्झिदा अब जिल्लाका कोहि श्रीमान र छोराछोरी गुमाएका परिवारले पिडीत भए पनि अझै पनि साहसका साथ बसी रहेकाले पिडीत पक्षलाई सलाम गर्नु पर्ने स्थानीय बासी बिना जोशीले बताईन् । दन्द्धकालमा कलीलै उमेरमा श्रीमानको हत्या भयो त्यसपछि दन्द्ध पिडीत परिवारलाई राज्यले दशलाख दिने भन्ने निर्णय गरे पनि अहिले सम्म पनि आधा किस्ता पनि नपाएको दन्द्ध पिडीत बताउन्छन् ।
आजकाल घरमा अन्य साहारा दिने कोहि नभए पछि आफुलाई घर खर्च र केटा केटीलाई बिद्यालय पढाउन गाहो्र भएको एकल महिला पबित्रा ताम्राकार दुख ब्यक्त गछन् । समय परिवर्तन हुदै थयो कमाई जमाई खाने उमेरमा छोरा कलिलै उमेरमा बित्यो अहिले घरमा साहारा केहि नहुदाँ नातीनातीनाको घर खर्च र पढाई खर्च जुटाउन एक दमै कठिन भएको छ न घरमा खाने पानीको उचित ब्यावस्ता छ नत बस्ने बासको दिन काट्न पनि गाहो्र भएको दन्द्ध पिडीत महिला जुना देबि सिहं बताउन्छन् ।
जिल्लामा जो दन्द्ध पिडीत घर परिवारहरु छन् तिनीहरुलाई यसरी नै प्रमाण पत्र दिएर वास्तबीक दन्द्ध पिडीत पहिचान हुर्ने र आगामी दिनमा दन्द्ध पिडीत परिवारलाई राज्यका बिभिन्न निकायबाट पाउनु पर्ने सेवा सुबिधा दिनु पने निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द् मल्लले बताउनु भएको छ । यहाँको स्थानीय सरकारको नजर जो हुनेखाने छन् र जिल्लाको उपल्लो तह सम्म जसको हात छ त्यसलाई दन्द्ध पिडीत धोषणा गरेको पिडीत परिवारहरुको गुनासो रहेको छ ।जिल्लामा एक सय नौ जना दन्द्ध पिडीत परिवार रहेको स्थानीय शान्ति समिति बझाङ्गले जानकारी दिएको छ ।