पौडेललाई चिनियाँ समकक्षी सी जिनफिङको बधाई सन्देश | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

पौडेललाई चिनियाँ समकक्षी सी जिनफिङको बधाई सन्देश

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी जिनफिङले बधाई सन्देश पठाउनुभएको छ ।

मंगलबार पठाइएको शुभकामना सन्देशमा सीले उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ निर्माणको क्रमलाई अघि बढाउँदै मानवीय आदानप्रदान तथा सहयोगका क्षेत्र विस्तार गर्ने क्रममा सँगसँगै अघि बढ्ने अपेक्षा राख्नुभएको छ । साथै उहाँले विकास र समृद्धि उन्मुख युगौं युगसम्मको मैत्रीपूर्ण चीन–नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई निरन्तर अगाडि बढाउने इच्छा पनि जाहेर गर्नुभएको छ ।

सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएयता नेपाल र चीनबीचको सम्बन्ध निरन्तर स्वस्थ तथा स्थिर रुपमा अघि बढिरहेको भन्दै राष्ट्रपति सीले यो सम्बन्धले ठूला र साना देशबीच शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको उदाहरण देखाएको उल्लेख गर्नुभएको छ । चीन–नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै परम्परागत मित्रतालाई अगाडि बढाउन र दुई देशबीचको राजनीतिक विश्वासलाई मजबुत बनाउनका लागि समकक्षी पौडेलसँगै मिलेर काम गर्ने इच्छा आफूले लिएको उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेललाई यसअघि भारतीय समकक्षी द्रौपदी मुर्मू लगायतका विदेशी उच्च अधिकारीहरूले बधाई तथा शुभकामना दिइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);