काठमाडौं, ३० फागुन । बारामा प्रमुख प्रशासकीय अधिकृतलाई क्वाटरमा थुनेर एक जना चालक फरार भएका छन् । देवताल गाउँपालिकाको अधिकृत वकिल पाललाई आफ्नै क्वाटरमा थुनेर निजी चालक फरार भएका हुन् ।
पाल कलैया उपमहानगरपालिका–४ स्थित रहेको क्वाटरभित्र सपरिवार बस्दै आएका थिए । पालले मंगलबार बिहानमात्र आफूलाई थुनिदिएको पत्ता लगाएका थिए ।
किन चालकले ढोका लगाए भन्ने बारे केही खुलासा नभएपनि ताल्चा लगाएको भने उनले स्वीकार गरेको बुझिएको छ ।