शीतल निवासबाट विद्यादेवी भण्डारीको बिदाई | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

शीतल निवासबाट विद्यादेवी भण्डारीको बिदाई

काठमाडौं, २९ फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दुई कार्यकाल पुरा गरी आज शीतल निवासबाट बिदा भएकी छन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका हुन् ।

भण्डारी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा गएकी हुन् । अबका केही दिन भण्डारी बालुवाटारस्थित छोरीको निवासमा बस्ने छिन् ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएका थिए । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक र दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भएकी थिइन् ।

Leave a Reply