काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र भण्डारीले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहका
बीचमा पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।