न्यायाधीशलाई तालिम | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

काठमाडौँ ,१७ पुस  । राष्ट्रिय न्यायिक प्रतिष्ठानले भदौ २०७५ देखि लागू हुने अपराध संहिता तथा देवानी संहिताबारे न्यायाधीश र न्याय प्रशासनका अधिकृतलाई प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले परिवर्तित नयाँ कानुनी व्यवस्था संरक्षणका लागि न्यायपालिकाको अहम् भूमिका हुने बताए । हाल अस्तित्वमा रहेको मुलुकी ऐन विस्थापित भई आगामी भदौ १ देखि नेपालभर फौजदारी र देवानी संहिता कार्यान्वयनमा आउँदै छ ।

प्रशिक्षण कार्यक्रममा उच्च र जिल्ला अदालतका न्यायाधीश, सहरजिस्ट्रारहरू, उपरजिस्ट्रार गरी ५४ जना सहभागी छन् । प्रशिक्षण कार्यक्रमका सहभागीले स्थानीय तहमा फौजदारी तथा देवानी संहिताबारे प्रशिक्षण दिनेछन् ।कान्तिपुर पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);