रामपुर क्याम्पसमा नेविसंघबाट सभापतिमा देवकोटाको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

रामपुर क्याम्पसमा नेविसंघबाट सभापतिमा देवकोटाको उम्मेदवारी

काठमाडौं, २८ फागुन । चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा रामपुर क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस इकाई सभापति आशिष देवकोटाले उम्मेदवारी दर्ता गरेका छन्। उनको विपक्षीमा नेकपा एमाले र नेकपा माओवादी निकट विद्यार्थी संगठनका साझा उम्मेदवार दिवस पौडेल छन्।

नेबिसंघबाट स्ववियु निर्वाचनमा सचिवमा विवेक अर्याल,कोषाध्यक्षमा समिक्षा बस्नेत, सदस्यहरुमा गोकुल प्र.शर्मा, दिक्षा अधिकारी, सन्देश बोहरा, वर्षा सुवेदी, मुना पोख्रेलसहित १५ सदस्यीय निर्वाचन टोली दर्ता भएको देवकोटाले बताए ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा चौध वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा विद्यार्थीहरूको उल्लासमय सहभागिता देखिएको छ । निर्वाचन आगामी चैत्र ५ गते देशभर हुँदैछ ।

Leave a Reply