प्रिमियर लिगमा म्यानचेस्टर सिटीको खेल बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको खेल बराबरीमा रोकियो

9-4

काठमाडौं,१७ पुस ।इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम, लिग लिडर सिटी १७ औं स्थानको क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकियो ।

इङ्लिस प्रिमियर लिगमा शिर्ष स्थानको म्यानचेस्टर सिटीको कीर्तिमानी विजयी यात्रा टुंगिएको छ ।

प्रिमियर लिगमा लगातार १८ खेल जितेर एकै सिजन र समग्र प्रिमियर लिगको इतिहासमा लगातार सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान बनाएको म्यानचेस्टर सिटी गएराति क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।
म्यानचेस्टर सिटी १७ औं स्थानको क्रिष्टल प्यालेससँग गोलरहित बराबरी रोकिएको हो । यो सिजनमा म्यानचेस्टर सिटीको यो दोस्रो बराबरी हो । २१ खेलमध्ये १९ खेलमा सिटीले जित निकालको छ । म्यानचेस्टर सिटीले पूरै खेल आफ्नो नियन्त्रणमा राखे पनि क्रिस्टल प्यालेसका खेलाडीले गोल गर्न भने दिएनन् । बरु म्यानचेस्टर सिटी हारबाट भने जोगियो । क्रिष्टल प्यालेसले खेलको अन्तिम मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । लुका मिलिवोजेविकले पेनाल्टीको अवसर गोलमा परिणत गर्न सकेनन् । बराबरीसँगै सिटीको २१ खेलबाट ५९ अंक भएको छ । उ दोस्रो स्थानको चेल्सी भन्दा १४ तथा तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १५ अंकले अगाडि छ ।
लिग अन्र्तगत गएराति भएको अर्को खेलमा  आर्सनल वेस्ट ब्रोमसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।