राष्ट्रपति पौडेलले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नुहुन्नः मिनेन्द्र रिजाल | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

राष्ट्रपति पौडेलले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नुहुन्नः मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नु नहुने बताउनुभएको छ ।

नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रुपमा काम नगर्ने स्पष्ट पार्नुभएको हो । उहाँले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिले लिएर सोही अनुसार भुमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनुभयो । गठबन्धनका बीचमा भएको शर्तहरु कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उहाँको भनाई छ । नेता रिजालले गठबन्धनका बिचमा भएका सहमति कार्यान्वयन पार्टीले गर्ने र त्यसका लागि नेपाली काँग्रेस इमान्दार हुने बताउनु भयो ।

उहाँले राष्ट्रपति पौडेल गठबन्धनको परिधि भित्र नबस्ने बताउनु भयो । पौडेल आफ्नो पूर्व पार्टी नेपाली काँग्रेसको परिधिभित्र पनि नबस्ने स्पष्ट पार्नुभयो । संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भुमिका नखेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभुमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा काँग्रेसले साथ दिन नसक्ने चेतावनी दिनुभयो । उहाँले माओवादी केन्द्रका नेताहरुलाई जोखिम पार्नु नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालिन माओवादी पार्टीको प्रतिवद्धता रहेको बताउनु भयो । माओवादी केन्द्र वैचारिक रुपमा अन्य माओवादी घटकहरुसँग एक भएको खण्डमा नेपाली काँग्रेसपनि संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा उभिने उहाँले बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहाल काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोईरालासँग गरेको हस्ताक्षर र वर्तमान सभापति शेरबहादुर देउवासँग गरेको सहमति अनुरुप हिँडेमा काँग्रेसबाट धोका नहुने स्पष्ट पार्नुभयो ।

नेता रिजालले प्रधानमन्त्री दाहालले ०५२ सालमा शुरु भएको सशस्त्र बिद्रोहलाई जनयुद्ध दिवसको रुपमा बिदा दिएर विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानको भावनाभन्दा बाहिर गएको बताउनु भयो । दाहाल यसप्रकारको बाटोमा जान थाले उहाँलाई नेपाली काँग्रेसले बोक्न नसक्ने चेतावनी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);