काठमाडौं, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवास छाड्ने तयारी गरेकी छन् । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले शपथ खाने दिन २९ फागुन मा नै उनी शीतलनिवासबाट नीजि निवास सर्ने स्रोतले जनाएको छ ।
भण्डारी २०७४ साल फागुन २९ गते भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनको पाँच वर्षीय कार्यकाल पनि २९ गते नै पूरा हुन्छ । सोही दिन नयाँ राष्ट्रपतिको शपथग्रहण तय भइसकेको छ ।
बूढानीलकण्ठ नगरपालिका–२ मा रहेको भण्डारीको निजी निवासमा अहिले कन्स्ट्रक्सनको काम चलिरहेको छ । भण्डारीको सुरक्षाका लागि राखिने सैन्य दस्ताका लागि घर कम्पाउन्डमा बासस्थान बनाउने काम भइरहेको जनाइएको छ ।