उपराष्ट्रपतिमा पुरुषले उम्मेदवारी दिन नपाउने, नागरिक उन्मुक्तिले रन्जितालाई अघि सार्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

उपराष्ट्रपतिमा पुरुषले उम्मेदवारी दिन नपाउने, नागरिक उन्मुक्तिले रन्जितालाई अघि सार्दै

काठमाडौं, २६ फागुन । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि पुरुष उम्मेदवारी दर्ता नगर्ने भएको छ । यसको फाइदा महिला नेतृहरुलाई हुने देखिएको छ ।

आयोगको आज बसेको बैठकले उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा दाबी गर्दै अध्यक्ष रन्जिता चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाले पनि नौ दलिय गठबन्धनबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिने बताइरहेको छ । आज मात्रै नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिने सहमति नगरेको बताएका थिए ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा “यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेको साथै, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेकोले संवत् २०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);