राष्ट्रपतिमा रास्वपाको समर्थन पौडेललाई | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

राष्ट्रपतिमा रास्वपाको समर्थन पौडेललाई

काठमाडौं, २५ फागुन । आज तेस्रो राष्ट्रपतिका लागि निर्वाचन जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ। राष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा निर्णय लिन रास्वपाको आज बिहान बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन् । रास्वपाका १९ जना सांसद प्रतिनिधि सभामा रहेका छन् । राष्ट्रपतिका चयनका लागि ११ बजेदेखि ३ बजेसम्म समय तोकिएको छ । शीर्ष नेताहरुले मतदान गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);