नयाँ राष्ट्रपतिको लागि भोलि मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

नयाँ राष्ट्रपतिको लागि भोलि मतदान हुँदै

काठमाडौं, २४ फागुन । भोलि नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि नौ दलिय समर्थनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट सुवास चन्द्र नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन् ।

रास्वपाले आज मात्रै उम्मेदवारबारे निर्णय गर्ने जनाएको छ । कांग्रेसका पौडेललाई ९ दलको समर्थन छ । नेम्वाङलाई अहिलेसम्म एमाले एक्लैको साथ छ । संसदको चौथो शक्ति रहेको र १५ सय १ मतभार रहेको रास्वपाले आज निर्णय गर्ने तयारी गरेको छ । राष्ट्रपतिलाई समर्थन गर्ने बारे राप्रपाले पनि आजै निर्णय गर्दैछ ।

पौडेललाई आफ्नो पार्टी कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनमत पार्टी, जनमोर्चालगायतले समर्थन दिएका छन् । पौडेललाई राप्रपाले पनि समर्थन गर्ने बुझिएको छ । निर्वाचन आयोगले भोलि ११ बजेदेखि मतदानको समय तोकेको छ ।

सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले बुधबार बिहान ११ बजेसम्म सांसदहरूलाई काठमाडौं आइसक्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरूलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);