यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत जारी त्रिकोणत्मक सिरिजमा यूएईविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएईले दोस्रो विकेट गुमाएको हो ।

दोस्रो ओभरमै एक विकेट गुमाएको यूएईले अहिले शानदार प्रदर्शन गरिरहेको छ । नेपालका लागि दोस्रो विकेट दिेपेन्द्र सिंह ऐरीले लिएका हुन् । नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए । २८औं ओभरको खेल चलिरहँदा यूएईले हालसम्म १०८ रन जोडेको छ ।

खराब सुरुवात गरेको नेपालको ब्याटिङलाई भीम सार्कीले सम्हालेका थिए । उनले ९९ बलमा ७० रन बनाउन सफल भए ।साथै, कुशल मल्लले ३२ रन बनाउँदा सन्दीप लामिछानेले २७ रन बनाए ।

यस्तै करण केसी १७ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन जोड । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका लागि आजको खेल जित्नैपर्ने दबावमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);