होली विशेष : उपत्यकामा आज साढे ८ हजार सुरक्षाकर्मी परिचालन गरिदै | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

होली विशेष : उपत्यकामा आज साढे ८ हजार सुरक्षाकर्मी परिचालन गरिदै

काठमाडौं, २२ फागुन । फागु पूर्णिमा अर्थात होलीको अवसरमा सुरक्षाका लागि उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन गरिने भएको छ । होलीको दिन थप २ हजारसहित साढे ८ हजार प्रहरी परिचालन गर्न लागेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

होलीमा दैनिकभन्दा बढी संवेदनशील र अति संवेदनशील क्षेत्रमा गरी ६२ स्थानमा थप सुरक्षा चेक प्वाइन्ट राखिनेछ । प्रहरीले त्यसबाहेक क्युआरटी र विशेष चेकिङलाई निरन्तरता दिने भएको छ । पाँच दिनअघि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सुरक्षा जारी गरी शान्तिपूर्ण रूपमा होली खेल्न अपिल गरेको थियो । होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरूको समूहमा होली नखेल्न आग्रह गरेको थियो ।

नेपाल प्रहरीले सर्वसाधारणका नाममा अनुरोध जारी गर्दै सभ्य एवं सुरक्षित, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरेको छ । कसैको इच्छाविपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाआंै, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं । श्रृंगार गरगहना लगाई होली खेल्ने ठाउँमा नजाआंै, रेलिङ नभएको छत र सडकमा होली नखेलौं, आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न आग्रह गर्दै सार्वजनिक अपिल गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);