जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्ने हैन्–बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८१, मंगलबार

जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्ने हैन्–बाबुराम भट्टराई

काठमाडौं, २२ फागुन । पुूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वहालवाला प्रधानमन्त्रीलाई मुद्दा हाल्न पाइए पनि नियमित अदालतले हेर्न नमिल्ने टिप्पणी गर्नुभएको छ । शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नहुने उहाँको तर्क छ ।

आज सामाजिक सञ्जालमा ट्विट गर्दै डा.भट्टराईले त्यस्ता मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने बताउनु भएको छ । उहाँले आवेगले नभइ विवेकले काम गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

“सानो स्पष्टीकरण–

बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन ! मज्जाले पाइन्छ ! म आफै प्रम छककदा थुप्रै मु्द्दा खेपेको छु,अदालतमा हाजीर भएको छु!तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा TRC ले हेर्ने हो,नियमित अदालतले हैन!प्रम प्रचण्डको हकमा पनि त्यही हो!आवेग हैन विवेकले काम गरौं!”–उहाँले लेख्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);