केपी ओलीको अभिव्यक्तिप्रति सरकारको खण्डन : मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय गरेको छैन् | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

केपी ओलीको अभिव्यक्तिप्रति सरकारको खण्डन : मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय गरेको छैन्

काठमाडौं, २२ फागुन । सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको प्रष्टीकरण दिएको छ । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई लक्षित गरी भारतको सहयोगमा मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको भन्दै शनिबार दिएको अभिव्यक्तिको विषयमा सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्नुभएको हो ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि भारतीय दूतावासमा पत्र लेखेको जानकारी सार्वजनिक भएको र उक्त विषयमा के कसो भएको हो भन्ने छानबिन गरिने पनि सरकारले प्रस्ट पारेको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको सरकारको भनाइ छ । ‘नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्र नीतिमाथि आँच पु¥याउने गरी अभिव्यक्ति आएको भन्दै सरकारले दुःख व्यक्त गरेको छ । मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको एवं असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको सरकारले प्रस्ट पारेको छ ।

Leave a Reply