विपिन देव: शास्त्रार्थ वैदिक संस्कृतिको धरोहर हो । तदनुरूप सन् २०१६ देखि भारतको परराष्ट्र मन्त्रालय र अवजरभर रिर्सज फाउनडेन्स (शोध संस्थान) को संयुक्त तत्वावधानमा रायसीना संवादको थालनी भएको छ । सन् २०२३ मार्च २ देखि ४ सम्म आयोजित भएको उक्त सम्मेलन विराट देखिएको छ ।
१०० भन्दा बढी मुलुकहरूको सहभागिता भएको रायसीना संवादको आठौं संस्करणमा २५०० सहभागीहरू छन् । १०० जति अन्तवार्ता र वहसद्वारा संसारका सम्पूर्ण मौलिक मुद्दाहरूमा छलफल, चिन्तन र वहस हुने उक्त सम्मेलनलाई महिमा मण्डित इटाली मिनिस्टर आप‘m काउनसिलका अध्यक्ष मेलोनीको प्रमुख आतिथ्यले गरेको छ । आठौं संस्करणको संवादी विश्वका सञ्चार गृहहरूले बढी महत्व दिनुको धेरै कारणहरू मध्ये जी टेउन्टी पनि एक हो । अर्थात् जी टेउन्टीको परराष्ट्रमन्त्री स्तरीयको बैठकको लगतै रायसीना संवादको श्रीगणेश हुनु महत्वपूर्ण अवसर हो ।
आतिथ्यपूर्ण उल्लासमा आयोजना भएको उक्त सम्मेलनमा विश्वका मुर्धन्य नेताहरूको उपस्थिति रहेको छ । अमेरिकी सेक्रेट्री अप‘m स्टेट विलकनदेखि रसियाका परराष्ट्र मन्त्री लाभरोभसम्म कार्यक्रमलाई ओजपूर्ण बनाएको देखिन्छ । १०० वटा सम्वादहरू संसारका महत्वपूर्ण समस्या र चुनौतीहरूलाई आत्मसाथ गरेको देखिन्छ । यस पटकको रायसीनाको प्रमुख तथ्य “प्रोभोकेस्न (उसकाहट) अनसरटेनेटी (अनिश्चिता), ट्रबुलेन्स (अप्ठायारा) र लाइटहाउस इन र टेम्पेसट (प्रतिकुलतामा अनुकुलता) रायसीना संवादका सस्करणहरू रोचक देखिएका छन् । बेलायतका पूर्वप्रधानमन्त्री टोनी वेलय र भारतका परराष्ट्र मन्त्रीको सत्रलाई छापाखानाहरूले वडो रोचकताका साथ प्रस्तुत गरेका छन् । “क्यापटेन मोदी र फुयचर अप‘m वार फेयर” शीर्षकमा राजनीति र किकेटलाई प्रतिकात्मक अभिव्यक्तिद्वारा व्याख्या गरिएको छ । वडो विनोदपूर्ण शैलीमा राजनीति र सामाजिक सञ्चालको सम्वन्धलाई टोनी वेयरले व्याख्या गरेका छन् ।
सामाजिक सञ्जालले समाजका बहुचर्चित मुद्दालाई उठान गरेको हुन्छ । सामाजिक सञ्चालवाट उठान गरिएका मुद्दाहरूमा दमित र पीडित वर्गको व्याथा र गाथा हु‘दैन । सही नेतृत्वको नेत्रले दमित र पीडित वर्गको पीडा हेर्नुपर्दछ । २१ औं शताब्दीमा सामाजिक सञ्जालले राजनीतिलाई प्रभावित गर्न लागेको चेतावनी वेयरले दिएका छन् । साथसाथै टोनी बेलेयले नेतृत्वको परिभाषा पनि आप्mनै शैलीमा अभिव्यक्ति गरेका छन् । अर्थात् नेतृत्व भन्नाले सम्भावनाका खोजी हुन् । हरेक प्रतिकूलतालाई अनुकूलतामा रूपान्तरण गर्नु नै नेतृत्वको जिम्मेवारी हो । उक्त सत्रमा भारतका परराष्ट्र मन्त्री डा. जयशंकरले किकेटको नियम र राजनीतिको नियम विच समरूपता देखाएका छन् । डा. जयशंकरले मोदीको नेतृत्वलाई खेलको नियमको सूत्र अनुसार व्याख्या गरेका छन् । अर्थात् कुशल व्यक्तिको चयन, जिम्मेवारी हस्तानतरण, कार्य अनुगमन र निर्णयात्मक क्षमताका मापदण्डको कसीमा नै नेतृत्वको क्षमता परीक्षण गर्न सक्ने तर्क डा. जयशंकरले राखेका छन् ।
रसियाका परराष्ट्रमन्त्रीको सत्र पनि रोचक रहेको छ । रसियाका परराष्ट्र मन्त्री लावरोभ वडो प्रतिरक्षात्मक शैलीबवाट संवाद गरेका थिए । पृष्ठभूमिमा भारत रसिया सम्बन्धलाई गौरवशाली बनाउ‘दै उनले अमेरिका र पश्चिमा शक्तिहरूको घेरावन्दीका कारणले रसिया वाध्य भएको कुरा समेत उल्लेख गरे । विश्व बजारमा उर्जा सङ्कट र खाद्य सङ्कटको जिम्मेवार अमेरिका पश्चमा शक्ति भएको कुरा समेत लावरोर्भले उद्घोष गरे । युद्धलाई कसरी रोक्न सकिन्छ भन्ने प्रश्नमा लावरोभ आक्रमक देखिन्थे अर्थात् अमेरिका र पश्चिमा शक्तिको उक्साहटका कारणले युक्रेनका नेतृत्व गैरजिम्मेवार भएको कुरा उनको आरोप रहेको छ । रायसीना संवादमा “क्वाड” सत्र पनि रोचक रहेको छ । अष्ट्रेलिया, अमेरिका, जापान र भारतका परराष्ट्रमन्त्री सहभागी भएका उक्त सत्र रोचक रहेको छ । उक्त सत्र जापानबाट सहायक परराष्ट्र मन्त्रीको उपस्थित रहेको छ । क्वार्ड सत्र अमेरिकी विदेशमन्त्री बिल्ङ्कनले चीनलाई कटाक्ष गर्दै क्वाडको अपरिहार्यता माथि प्रकाश पारे ।
विल्ङ्कन क्वाड सैनिक गठवन्धन नभएको समेत उद्घोष गरे । क्वाडको उद्देश्यलाई आलेकित गर्दै ल्ङ्किनले क्वाड प्रजातान्त्रिक मुलुकहरूको आपसी हितलाई संरक्षण गर्ने छाता संगठन भएको कुरा जिकिर गरे । क्वाड सत्रमा बिल्ङ्कनले चीनको पूर्वीय चीन सागर र दक्षिण सागरमा एकल सैनिक भण्डारण र सैन्य अभ्यासले गर्दा अन्तर्राष्ट्रिय सामुद्रिक नियम मर्माहत भएको कुरा उल्लेख गरे । साथ साथै प्रजातान्त्रिक मूल्य मान्यताबाट सञ्चालित भएका मुलुकहरूले चीनको आक्रमणलाई प्रतिकार गर्न क्वाडको औचित्य भएको कुरा उल्लेख गरे । डा. जयशंकरले क्वाडको सक्रियतालाई व्याख्या गर्दै कोरोनाको कहरमा अमेरिकी पु‘जी, जापानी प्रविधी, अष्ट्रेलियाको वितरण प्रणाली र भारतको उत्पादनले गर्दा नै १ विलियन खोप विश्वका कुना कुनामा उपलब्ध भएको कुरा जाहेर गरे ।
अष्ट्रेलिया र जापानका परराष्ट्रमन्त्रीहरूले क्वाड दिनप्रतिदिन वलियो हुने कुरामा जोड दिए । क्वाड सत्र लगतै भारतका अर्थमन्त्री निर्मला शितारमणले भारतीय अर्थ व्यवस्थाको प्रारूपका वारेमा संवाद गरेकी थिइन् । निर्मला शितारमणको व्याख्यान पनि कम रोचक थिएन् । सात दशक भन्दा लामो यात्रामा भारतीय अर्थतन्त्रले सबभन्दा बढी चुनौती भोगेको काल नै शितारमणको अर्थ मन्त्रीय अवधिलाई लिइन्छ । कोरनाको कहर र रसिया युक्रेन युद्धको पराकम्पनमा पनि भारतको विकास दरले संसारलाई चकित पारेको छ । अर्को शब्दमा भन्ने हो भने संसारमा सर्वाधिक तीव्र आर्थिक विकास दर भएको मुलुकहरू अग्रपङ्क्तिमा भारत रहेको छ ।
सूत्रात्मक शैलीमा निर्मला शितारमणले भारतीय अर्थतन्त्रका सफलतताका सूत्रहरू संवाद मार्पmत व्यक्त गरेकी छिन् । अर्थात् हरेक क्षेत्रबाट सुझाव लिएर नीति बनाउनु, केन्द्र र राज्य बिच सहकार्य हुनु, मध्य वर्गीय वर्गको क्रय क्षमता बढ्नु, प्रविधि युक्त योजना निर्माण हुनु, हरेक स्तरमा विद्युतीय कारण हुनु, कानुनी राज्य हुनु, प्रजातान्त्रिक संरचना बलिया हुनु जस्ता कारक तत्वहरूले गर्दा भारतको आर्थिक विकास दर तिव्र रहेको कुरा शितारमणले उल्लेख गरेकी छिन् । यस पटकको संस्करणमा विश्वका ३८ वटा मुलुकहरू उत्कृष्ट ४६ जना युवा नेतृत्वहरू सहभागी भएका छन् । रायसीना संवाद वासिङ्गटन, बर्लिन, सिडनी, बनारसी र दिल्लीमा बेला बखतमा संवाद चलाउने गरेको छ । यसको मुख्य उद्देश्य नै वेचारीक वहसद्वारा नीति नियम निर्माणमा मद्द गर्नु हो । रायसीना संवाद चहकिलो हुनुको कारण जी टेउन्टी र सङघाई सहयोग सङगठनमा भारतको अध्यक्षता पनि हो । लेखक विदेश मामलाका जानकार हुनुहुन्छ