काठमाडौं । पोखराको फेवातालमा डुंगामा पल्टिदा एक जनाको मृत्यु भएको छ ।
शनिबार करिब ४ बजे ६ जना चढेको डुंगा तालमा पल्टिएको थियो । डुंगा पल्टीएपछि सशस्त्र प्रहरीको टोलीले तत्काल उद्दार गरेको थियो ।
घाइते भएकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको हो । हावाहुरीका कारण डुंगामा पल्टिएको बताइएको छ ।
घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।