एजेन्सी । तौल बढ्नुका धेरै कारणहरू छन्। जीवनशैलीमा परिवर्तन, अस्वस्थ खाना, व्यायामको कमीले तौल बढ्न सक्छ । जसका कारण तपाई धेरै गम्भीर रोगको सिकार हुन सक्नुहुन्छ ।
विश्व मोटोपन दिवस हरेक वर्ष ४ मार्चमा विश्वभर मनाइन्छ । विश्व मोटोपन दिवसको अवसरमा जानौं, बढ्दो तौललाई नियन्त्रण गर्ने सजिलो उपायहरू।
कागती र मह पेय
कागती र मह तपाईको भान्छामा सजिलै पाउन सकिन्छ। यसको सेवनले तौल नियन्त्रण गर्न सकिन्छ । यसका लागि एक गिलास मनतातो पानीमा कागतीको रस र एक चम्चा मह मिसाउनुहोस्। यो पेय नियमित रूपमा कुनै पनि ब्रेक बिना सेवन गर्नुहोस्। यसले तपाईको पाचन प्रणालीलाई डिटोक्स गर्न पनि मद्दत गर्छ।
दहि खाएर वजन घटाउनुहोस्
खानासँगै दही खान सबैलाई मन पर्छ तर के तपाईलाई थाहा छ, दहिले खानाको स्वाद बढाउनुका साथै तौल घटाउन पनि सहयोगी हुन्छ । दहिले पाचन शक्तिमा पनि सुधार गर्छ । यसमा हुने ब्याक्टेरियाले आन्द्रालाई स्वस्थ राख्छ । मौसमी सागसब्जी र फलफूल प्रयोग गरेर सजिलै बनाउन सकिन्छ ।
जीरा पानी
तौल घटाउन जिराको पानी राम्रो विकल्प हुन सक्छ। यसका लागि जीरालाई रातभर पानीमा भिजाउनुहोस्। अर्को दिन यो पानी पिउनुहोस्। यसले पेटको स्वास्थ्यका लागि धेरै फाइदा गर्छ र तौल घटाउन पनि मद्दत गर्छ ।
अजवाइन
अजवाइन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले तौल घटाउन पनि मद्दत गर्न सक्छ। अजवाइन तौल घटाउने यात्रामा समावेश गर्न सकिन्छ। विज्ञहरुले खाना खानुभन्दा ३० मिनेट अगाडि अजवाइन खाने सल्लाह दिन्छन्, यसले तौल घटाउन सक्छ ।