स्ववियु निर्वाचन प्रक्रिया आजदेखि : आज संघ संगठन दर्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि : आज संघ संगठन दर्ता हुँदै

काठमाडौं, १९ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चैत ५ गते हुने निर्वाचन प्रक्रिया आजदेखि शुरू भएको छ । आजदेखि निर्वाचनमा भाग लिने विद्यार्थी संघ संगठनको दर्ता शुरू हुनेछ ।

त्रिविको सम्बन्धन प्राप्त ६२ क्याम्पससहित स्ववियु निर्वाचन गराउने सामुदायिक क्याम्पसमा संघ–संगठन दर्ता गरी निर्वाचन प्रक्रिया आज शुरू हुने जनाईएको छ । फागुन २१ गते आइतबार मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीमा दाबी–विरोधको तोकिएको छ । कार्यतालिकाअनुसार फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला कार्यक्रम रहेको छ भने सोही दिन ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय निर्धारण गरिएको छ । फागुन २९ दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय, सोही दिन दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान तोकिएको छ । फागुन २९ गते दिउँसो २ देखि चैत २ गते राती १२ बजेसम्मको समयलाई मौन अवधि तोकिएको कार्यतालिकामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);