काठमाडौं । युएईमा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली युएईसँग प्रतिष्पर्धा गर्दैछ ।
यो सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिमसँग खेल्न लागेको हो । नेपाल र युएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले जारी छ ।
जारी खेलमा यो समाचार तयार पार्दासम्म नेपालले ५ विकट लिने सफल भएको छ । ४२औं ओभरको खेल जारी रहँदा यूएईले १५४ रन बनाएको छ । नेपालका लागी हालसम्म सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । साथै, अरिफ सेख, कुशल मल्ल र करण केसीले समान एक/एक विकेट लिएका छन् ।
यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो भने युएई पपुवान्युगिनीसँग ठूलो रन रेटले पराजित भएको थियो ।