सेनामा पूर्णचन्द्र थापाका विश्वासपात्रहरुलाई प्रभुराम शर्माका पालामा धमाधम कोर्ट मार्सल | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

सेनामा पूर्णचन्द्र थापाका विश्वासपात्रहरुलाई प्रभुराम शर्माका पालामा धमाधम कोर्ट मार्सल

काठमाडौं, १८ फागुन । सत्ता र शक्ति सधै साथ नरहन सक्छ । त्यस्तै भएको छ । नेपाली सेनाभित्र । पूर्णचन्द्र थापा सेनापति हुँदा हालीमुहाली भएका प्रेम शाही यतिबेला कार्ट मार्सल हुने अवस्थामा छन् । उनीमाथि सैनिक अदालत गठन भई कारबाही बढाइएको छ ।

प्रेम शाहीको प्रमाणपत्रमा छलछाम भेट्टिएको भन्दै कारबाही भयो । तर, उनी अदालत गएर मुद्दा जितेर आए । प्रधानसेनापति प्रभुराम शर्माको आदेशमा उनीमाथि भ्रष्टाचारको फाइल खुल्यो ।

सैनिक अदालत गठन गरेर पुस १९ यता नियन्त्रणमै छन् । उनीसँग जोडिएका थप दुई सैनिक अधिकृत तानिएका छन् । भ्रष्टाचारको अभियोगमा छानविनमा परेका शाहीसँग जोडिएका कर्नलहरु महेन्द्रजंग शाह र कुलदीप तिमिल्सेनालाई नियन्त्रणमा लिएर सेनाले छानविन बढाएको हो ।

नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल कृष्णप्रसाद भण्डारीले शाह र तिमिल्सेनामाथि छानविन भइरहेको पुष्टि गरे । उनले भने, ‘सैनिक अदालत गठन भई उहाँहरु छानविनका लागि राखिनुभएको छ ।’

सेनापति प्रभुराम शर्माले केही दिन अघि पश्चिम नेपालको बुटवलमा आयोजित कार्यक्रममा सेनालाई आलोचित बनाउनेहरुविरुद्ध शतर्क हुनुपर्ने बताएलगत्तै थप दुई सैनिक अधिकृतहरु छानविनका लागि नियन्त्रणमा लिइएका हुन् । यसअघि मेजर जनरल प्रेम शाहीमाथि छानविनका लागि सैनिक अदालत गठन भइसकेको छ ।

पूर्णचन्द्र थापाको कार्यकालभरी प्रेम शाही शक्तिशाली निकायमा मात्र रहे । उनको शैक्षिक प्रमाणपत्रमा उमेर फरक परेकाले कारबाहीमा परेका थिए ।

यसअघिका सेनापति पूर्णचन्द्र थापाले कमाण्ड सम्हालेलगत्तै सेनाभित्र भ्रष्टाचारविरुद्ध सुन्य सहनशीलता अपनाउने सार्वजनिक रुपमै बोलेर धमाधम कारबाही चलाएका थिए । अहिले वर्तमान सेनापति प्रभुराम शर्मा पूर्व सेनापति थापानिकट प्रति कडा रुपमा प्रस्तुत भएका छन् ।

Leave a Reply