काठमाडौं, १८ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा रहेका छन् । दम्पत्ति झापाबाट केही अघि नै भारत गएका हुन् । भ्रमणको उद्देश्य भने बताइएको छैन् ।
झापामा बसिरहेका पूर्वराजा दम्पत्ति काठमाडौं नआई उतैबाट भारत गएको स्रोतले जनाएको छ ।
शाहले गत फागुन १ व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा गठन भएको मेची–महाकाली महाअभियानको पनि उद्घाटन गरेका थिए ।