काठमाडौं, १८ फागुन । हिमालय टेलिभिजनबाट गायन रियालिटी सो द भ्वाइस किड्स नेपाल सिजन २ आगामी फागुन २६ गतेबाट प्रसारण हुँदैछ । हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले बताए ।
डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नुपर्ने छ । हरेक कोचको टिममा छानिएका १२ प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्दै अगाडी बढ्नेछन् । यसपटक भ्वाइसको टिमले एकजना कोच परिवर्तन गरेको छ।
टिममा गायक सुशान्त केसी नयाँ कोचका रुपमा भित्रिएका छन्। यसअघिका कोचहरु प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार पनि भ्वाइस किड्स सिजन–२ मा रहनेछन्।