पृथ्वीबहादुर शाहविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

पृथ्वीबहादुर शाहविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव

काठमाडौँ, १८ फागुन । प्रहरीको नियन्त्रणमा रहेका व्यवसायी पृथ्वीबहादुर शाह र उनका समूहविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुद्दा चलाउन सुुझाव दिएको छ ।

विदेशी रकम अवैध रूपमा नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका शाहको समुहविरुद्ध चारवटा फरक कसुरमा मुद्दा चलाउन सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई सुझाव दिएको हो ।

अनाधिकृत रूपमा विदेशबाट रकम भित्र्याएको आरोपमा शाहसहित सात जनालाई ब्युरोले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन ब्युरोले बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

सीआईबीले शाह र उनको समूहले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध गरेको निष्कर्ष निकालेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);