काठमाडौं, १८ फागुन । अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मुल्य बढेर आएपनि तत्काल नबढाउन पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ ।
अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य रू. ३३९.०६ बढेर आएपछि नेपाल आयल निगमले बढाउने तयारी गरेको थियो ।
आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यान राख्दै तत्काल मूल्यवृद्धि नगर्न प्रधानमन्त्री प्रचण्डले निर्देशित गरेपश्चात निगमले तत्काल मूल्यवृद्धि नगर्ने निर्णय लिएको छ ।