इमरान खान जुनसुकै बेला पक्राउ पर्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

इमरान खान जुनसुकै बेला पक्राउ पर्न सक्ने

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अब जुनसुकै बेला पक्राउ पर्न सक्नेछन् । इस्लामावाद सत्र अदालतले मंगलबार इमरानलाई सरकारी कोष (तोशाखाना) बाट करोडौं रुपैयाँको उपहार सस्तो मूल्यमा बेचेको आरोप लगाएको थियो। उनीविरुद्ध गैर जमानती वारेन्ट पनि जारी गरेको भारतीय समाचार माध्यम दैनिक भाष्करले जनाएको छ ।

खानलाई पक्राउ गर्न सरकार र प्रहरी अदालतको आदेश पर्खिरहेका थिए। इमरानकी तेस्री श्रीमती बुशरा बीबी पनि यस मुद्दामा अभियुक्त छिन् । बुशराका बारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन । खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले आफ्ना नेतालाई गिरफ्तार हुनबाट बचाउन प्रहरीलाई दबाब दिन समर्थकहरूलाई इमरानको घरबाहिर भेला हुन आग्रह गरेको छ।
इमरानले बेचेका उपहारमा एउटा महँगो घडी, एक जोडी कफलिङ्क, महँगो कलम, एउटा औंठी र चारवटा रोलेक्स घडी थिए।

केही महिनाअघि इमरानमाथि कुटपिट भएको थियो र त्यसपछि उनले खुट्टामा प्लास्टर लगाएर अदालतबाट विभिन्न राहत पाउँदै आएका थिए । मंगलबार, अदालतले दुई पटक सुनवाई स्थगित गर्यो, तर तत्कालीन न्यायाधीश जफर इकबालले गैर–जमानती वारेन्टको आदेश दिए । तर, खानले अन्य दुई केसमा राहत पाएका छन् । यी मध्ये एउटा अवैध पार्टी कोषसँग सम्बन्धित छ र अर्को आतंकवादसँग।

तोशखाना मुद्दामा पनि इमरानका वकिलले सुनुवाई स्थगित गर्न माग गरेका थिए । यसमा न्यायाधीशले भने– यदि उनी अन्य अदालतमा हाजिर हुन सक्छन् भने यहाँ आउन के समस्या छ । इमरान प्रधानमन्त्री हुँदा विपक्षी सांसदहरूले उनीविरुद्ध निर्वाचन आयोगमा उजुरी गरेका थिए । इमरानमाथि तोशखानामा जम्मा गरिएका उपहार सस्तोमा किनेर महँगो मूल्यमा बेचेको आरोप लागेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);