नेतृत्वको ध्यान समिकरण भत्काउने र बनाउने दाउपेच मै बित्ने भयोः राजन भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

नेतृत्वको ध्यान समिकरण भत्काउने र बनाउने दाउपेच मै बित्ने भयोः राजन भट्टराई

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले देशको नेतृत्वको ध्यान समिकरण भत्काउने र बनाउने दाउपेच मै बित्दै भएको बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय राजनीति प्रतिस्पर्धाबाट द्वण्द्वतर्फ जाने खतरा बढ्दो रहेको भन्दै त्यसको गम्भिरतालाइ बुझेर सुझबुझपूर्ण हिसाबले सन्तुलित र विश्वासीलो कदम चाल्न सक्ने बलियो नेतृत्वको माग गर्ने बताएका छन् ।

‘अन्तर्राष्ट्रिय राजनीति प्रतिस्पर्धाबाट द्वण्द्वतर्फ जाने खतरा बढ्दो छ । यसका कारण हाम्रो जटिल भूराजनीतिक अवस्था थप जटिल बन्दैछ ।समयले हामीसँग परिस्थितिको गम्भिरतालाइ बुझेर सुझबुझपूर्ण हिसाबले सन्तुलित र विश्वासीलो कदम चाल्न सक्ने बलियो नेतृत्वको माग गर्दछ । तर हाम्रो नेतृत्वको ध्यान समिकरण भत्काउन र बनाउने दाउपेच मै बित्दैछ । हाय ! हाम्रो अवस्था,’उनले लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);