च्यासल रंगशालामा प्रधानमन्त्रीले बल पास दिएपछि सुरु भयो कलाकार र एन्फा पदाधिकारीबीचको खेल | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

च्यासल रंगशालामा प्रधानमन्त्रीले बल पास दिएपछि सुरु भयो कलाकार र एन्फा पदाधिकारीबीचको खेल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले च्यासल रंगशालाको उद्घाटन गर्नुभएको छ ।

ललितपुरको च्यासलमा नवनिर्मित रंगशालाको उद्घाटन समारोह पश्चात कलाकार र एन्फाबीचको मैत्रीपूर्ण खेलको शुभारम्भ समेत प्रधानमन्त्री दाहालले गर्नुभएको थियो । उहाँले बल पास दिएर खेलको शुभारम्भ गर्नुभएको थियो ।

उहाँले समारोहलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्नुभयो । उहाँले सरकारको तर्फबाट देशका सबै प्रदेशहरुमा, सबै पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति,योजना र कार्यक्रम बनाएको बताउनु भयो ।

च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);