नेप्से परिसूचकमा सामान्य अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजारमा घटेको छ। मंगलबार नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०१ अङ्कले घटेर ३८१.९३ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको ३९ लाख ४६ हजार ०२४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा युनिभर्सल पावर अग्रिम स्थानमा छ। यसको आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट र सानिमा माई हाइड्रोपावरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ४ उपसूचक बढेको छ भने बाँकि सबै उपसुचक घटेको छ। आजको कारोबारमा अधिखोला लघुवित्त र आदर्श लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी चोम्पन्य्का लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, प्रिमियर इन्स्योरेन्स र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

Leave a Reply

ताजा समाचार