अनरका दुई स्माट फोन सार्वजनिक, यस्ता छन् विशेषता | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

अनरका दुई स्माट फोन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । अनरले आफ्नो पहिलो फोल्डेबल फ्ल्यागशिप स्मार्टफोन ‘अनर म्याजिक भीएस’ सार्वजनिक गरेको छ ।

प्रयोगकर्ताको आखाँलाई मध्यनजर गर्दै फोनमा आखाँलाई दबाब नपर्ने गरी डिस्प्ले डिजाइन गरिएको कम्पनीको दाबी छ ।

फोनमा ५००० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । फोनको बाहिरपट्टि ६.४५ इन्चको डिस्प्ले छ भने भित्री डिस्प्ले ७.९ इन्चको छ । १२.९ मिलिमिटर पातलो यो फोनको तौल २६७ ग्राम छ ।

१६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको फोनमा ५४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रा वाइड र म्याक्रो क्यामेरा साथै ८ मेगापिक्सेलको अप्टिकल जुम क्यामेरा उपलब्ध छ ।

साथै, कम्पनीले अनर म्याजिक फाइभ प्रो पनि सार्वजनिक गरेको हो । यस फोनमा डुअल कर्भ्ड डिस्प्लेको साथमा ट्रिपल क्यामेरा सिस्टम उपलब्ध छ । कम्पनीले यस फोनमा ६.८१ इन्चको एलटीपीओ डिस्प्ले उपलब्ध गराएको छ । फोनमा ५० मेगापिक्सेलको ट्रिपल क्यामेरा छ ।

यी दु्वै फोनको मूल्य भने आधिकारिक रुपमा सार्वजनिक भएको छैन् ।

 

थप जानकारीका लागी

https://community.hihonor.com/

https://www.facebook.com/honorglobal/

https://twitter.com/Honorglobal

 https://www.instagram.com/honorglobal/

https://www.youtube.com/c/HonorOfficial

https://www.facebook.com/HONOR.OFFICAL.NP/

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);