विराटनगर वारियर्सले दियो भैरहवा ग्याडिएटर्सलाई १ सय ५० रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

विराटनगर वारियर्सले दियो भैरहवा ग्याडिएटर्सलाई १ सय ५० रनको लक्ष्य

काठमाडौंको, पुस १५ । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधिका लागि विराटनगर वारियर्सले भैरहवा ग्याडिएटर्सलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनएको छ ।ओपनर अंशुमन रथले ४१ रन बनाउनुबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन । कप्तान पारस खड्काले २७ र अनिल साहले २२ रन बनएका छन ।

प्रतियोगिताको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको बाबर हायात फाइनल खेलमा जम्न सकेनन्। उनी मात्र ११ रन बनाएर पेबिलियन फर्किएका थिए भने  अर्का ओपनर आशिफ शेख ७ रनमा आउट भएका थिए ।

भैरहवाका हरिशंकर शाहले महत्वपूर्ण २ विकेट लिए र  अशंमन रथ र पारस खड्कालाई आउट गरेका थिए। कृष्ण कार्कीको नाममा पनि २ विकेट रह्यो।

अघिल्ला दुवै खेलमा विराटनगरले भैरहवालाई पराजित गरेको थियो । विजेताले उपाधि सहित २१ लाख रुपैयाँ प्राप्त गर्नेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);