मदन वि.क.१७ चैत्र बाजुरा ।
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा विहिबारबाट वृहत कृषि तथा खाद्य मेला सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय बाजुराको आयोजना र जिल्लास्थित आधादर्जन बढी गैरसरकारी संस्थाहरुको सहयोगमा व्यवसायिक कृषि र स्थानीय वालीको प्रसार, बाजुराको खाद्य सूरक्षा र सम्वृद्धिको आधार भन्ने मुल नाराका साथ सो मेला सुरु गरिएको हो ।
मेलामा बाजुरा जिल्लाका कृषि क्षेत्रका क्रियाशिल भई कृषि पेशा व्यवसायलाई नै प्राथमिकतामा राख्दै किशानहरुले आफुले उत्पादन गरेका विभिन्न सिपमुलक सामाग्रीहरु, आयआर्जनका श्रोतहरु, कृषि जन्य खाद्यन्न बाली, नगदेवालि लगायतका सम्पूर्ण सामाग्रीका साथ १ सय १५ बढी कृषकले मेलामा सहभागीता जनाएका छन् ।
यस जिल्लामा कृषकहरुले उत्पादन गरेका विभिन्न बालीहरुका ८ वटा स्टल रहेका छन भने कृषकले नै उत्पादन गरेका र कृषि क्षेत्रमा प्रयोग हुने विभिन्न औजार, किसानले नै उत्पादन गरेका श्रोत साधान र मिठाईका परिकारहरु मेलाको प्रदर्शनीका मुख्य आर्कशकका रुपमा राखिएका छन् ।कृषकहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरु र बालीहरुको अवलोकन गर्न ५ सय बढी दर्शकले अवलोकन गरेका छन् ।
पछिल्लो समयमा खाद्यान्न असुरक्षीत जिल्लाको परीचयका रुपमा चिनिएको बाजुरा जिल्लाको कृर्षि उत्पादन बढाउँन र स्थानिय हेपीएका परम्परागत बालीको खेतीमा आक्रषण बढाउँन र आधुनिक खाने परीकार निर्माण गर्ने सिकाउँने उदेश्यले जिल्ला कृर्षि विकास कार्यालयले आयोजना गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ डाक्टर कृषि विकास अधिकृत रामकृष्ण श्रेष्ठले बताउनु भयो ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा कुल जनसंख्याको ९० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आश्रित छ । तर, खेतीपातीको अवस्था जर्जर छ । २ लाख १८ हजार ८ सय हेक्टर क्षेत्रफल रहेको बाजुरामा खेतीयोग्य जमिन १२ प्रतिशत मात्रै छ । त्यसमध्ये पनि ७ प्रतिशत जमिन बाँझै छ । खेतीयोग्य जमिनको १५ प्रतिशत क्षेत्रमा मात्रै बाह्रै महिना सिँचाइ हुन्छ । कृषि कार्यालयको तथ्यांकअनुसार जिल्लामा आवश्यक खाद्यान्न २८ हजार १ सय ५ मेट्रिक टन छ । धान, गहुँ, मकै, कोदो र जौ गरी पाँच मुख्य बालीको खानयोग्य उत्पादन भने वार्षिक १२ हजार १ सय ६० मेट्रिक टन मात्रै छ । ५ हजार ९ सय ४५ मेट्रिक टन खाद्यान्न अपुग हुँदै आएको पाईन्छ ।
प्रदशनी मेलामा एक सय ५४ कृर्षकहरुले आफ्ना उत्पादनहरु प्रदशनीमा राखेका छन्। परम्परागत र हेपीएका बालीहरु, निचो कागुनो, जनालो, फापर, कोदो, मार्से लगाएतका खडेरी समहन गर्ने क्षमता भएका उत्पादनहरुको प्रचार प्रसार गरीएको थियो भने आधुनिक कृषी औजार र उपकरण समेत प्रदशनीमा राखीएको थियो। जिल्लामा कृर्षि क्षेत्रमा भैरहेका सम्पुर्ण प्रयासहरु प्रदशनीमा राखेका कारण फरक फरक ठाउँबाट आएका कृषकहरुले समेत अन्य ठाउँमा भैरहेका अभ्यासका बारेमा जानकारी पाउँने अनुभव कृर्षिमेलामा सहभागि किसानहरुले बताएका छन् । मेलामा सहभागी भएकाहरु मध्ये उत्कृष्ठ ४ जनालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । मेला भोली शुक्रवार सम्पन्न गरिने जिल्ला कृषि विकास कार्यालय बाजुराले जनाएको छ ।
जिल्लामा सिंचाईको सुबिधा र आधुनिक कृर्षि ब्यवसायको शिप र प्रबिधि हस्तान्तरण गर्ने हो भने मात्र बाजुराको उत्पादनले यहाँका अधिकांस जनतालाई पुग्ने थियो नत्र कार्यक्रमका रुपमा मात्र योजनाहरु संचालन गर्ने हो भने जनताको जिवन स्तर जहाँको तही हुँने छ भने जिल्लामा कार्यक्रका रुपमा मात्र हुँने देखीन्छ। यसमा सरोकारवाला निकायले समयमा योजना अनुसार कृर्षिमा लगानि गर्न जरुरी देखिन्छ ।