काठमाडौं, १५ फागुन । बलात्कारको अभियोग लागेका एक अभियुक्त हतकडीसहित भागेका छन् । २८ वर्षीय राजाबाबु मुखिया धनुषा प्रहरीको भ्यानबाट हतकडीसहित हाम फालेर फरार भएका हुन् ।
मुखिया सबैला नगरपालिका–१३ का स्थानीय हुन् । जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका कार्यालय फर्किदै गर्दा आइतबार साझ ७ बजे यदुकुहास्थित कमला नहरनजिकबाट उनी भागेको धनुषा प्रहरीले जनाएको छ ।
उनको खोजी कार्य तिव्र बनाइएको छ । तर पक्राउ पर्न भने सकेका छैनन् । उनी बलात्कार अभियोगमा पक्राउ परेका थिए ।