डडेल्धुरामा सुदुर पश्चिमकै ठुलो कोल्ड स्टोर निर्माण हुदै | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

डडेल्धुरामा सुदुर पश्चिमकै ठुलो कोल्ड स्टोर निर्माण हुदै

बिमल जैरु १७ चैत्र डडेल्धुरा ।
डडेल्धुरा जिल्लामा सुदूर पश्चिमकै ठूलो सित भण्डार अर्थात कोल्ड स्टोर निर्माण भईरहेको छ । कृर्षिजन्य उत्पादनलाई लामो समय सम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालीका दह व्यारेक भेटामा नयाँ प्रविधिद्धारा कोल्ड स्टोर निर्माण भईरहेको हो ।

डडेल्धुरामा सुदुर पश्चिमकै ठुलो कोल्ड स्टोर निर्माण हुदै

बिमल जैरु १७ चैत्र डडेल्धुरा ।
डडेल्धुरा जिल्लामा सुदूर पश्चिमकै ठूलो सित भण्डार  अर्थात कोल्ड स्टोर निर्माण भईरहेको छ । कृर्षिजन्य उत्पादनलाई लामो समय सम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालीका दह व्यारेक भेटामा नयाँ प्रविधिद्धारा कोल्ड स्टोर निर्माण भईरहेको हो ।

एक हजार मेट्रिकटन क्षमता भएको कोल्ड स्टोर नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीहरुको ३५ प्रतिशत लगानीमा स्थापना भईरहको उग्रतारा सिप भन्डार उधोग प्रा.ली. समितिका अध्यक्ष भोजराज भट्टले बताएका छन् ।

झण्डै ८ करोड को लगानीमा कोल्ड स्टोर निर्माण हुन लागेको हो । जसमा दश हजार क्वीन्टल सम्म आलुको बिउँ भण्डारण गर्न सकिनेछ ।

स्टोर निर्माण भईसके पछि यसबाट करिब नौ सय घरधुरीहरु लाभान्वीत हुने र ५० देखि ६० जना व्यक्तिहरुले रोजगारी समेत पाउने अध्यक्ष भट्टको भनाई छ ।
 
सुदुरपश्चिमका किसान हरुको समस्यालाई बुझेर आफुले  कोल्ड स्टोर मा लगानी गरेको बताउ छन लगानी कर्ता प्रकास साउद ।

दुई वर्षदेखि निर्माणधिन अवस्थामा रहेको उक्त कोल्ड स्टोर अबको तीन महिना भित्रै संचालनमा आउने बताईएको छ । सुदूरपश्चिमको कञ्चनपुरमा पहिलो पटक पाँच सय मेट्रिकटनको कोल्ड स्टोर निमार्ण भईसकेको र दोस्रो कोल्ड स्टोरको रुपमा डडेल्धुरामा सुदू्रपश्चिमकै ठुलो क्षमता भएको एक हजार मेट्रिक टनको कोल्ड स्टोर निर्माण कार्य तिब्र रुपमा भईरहेको छ ।

जिल्लामा आलुको बिउ प्रसस्त मात्रामा उत्पादन हुदा हुदै पनि भण्डारण गर्न नसकिएको हुदा अन्य जिल्लाबाट बिउँहरु ल्याउनु पर्ने बाध्यता रहेको जिल्ला कृषि बिकास कार्यालय डडेल्धुराका  वागवानी  बिकास अधिकृत सुदीप देवकोटाले बताएका छन् ।

तर कोल्ड स्टोर निर्माण भईसके पश्चात जिल्लामै उत्पादीत आलुको बिउँ र बिभिन्न कृषि उपजहरुलाई भण्डारण गरी पुनः बिउँको लागी प्रयोग गर्न सकिने उनको भनाई छ ।

स्टोर निर्माण कार्य सम्पन्न भईसके पश्चात बिशेषगरी सुदुरपश्चिमको पहाडी जिल्लामा उत्पादीत खाद्यान्न, आलुको बिउँ र  फलफुलहरु संचित गर्नको लागी राम्रो अवसर हुनेछ ।

जसले गर्दा यँहाका किसानहरुले सिजनअनुसार उत्पादीत कृर्षि उपजलाई भण्डारण गरेर मुल्य बृद्धि भएपछि बिक्रि बितरण गर्दा किसानहरुले राम्रो आम्दानी गर्न सक्ने विश्वास लिईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);