अब प्रदेश सरकार झनै बलियो हुन्छः उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

अब प्रदेश सरकार झनै बलियो हुन्छः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताउनुभएको छ ।

शनिवार जनकपुर पुग्नुभएका उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमति अनुसार नै अब अघि बढ्ने बताउनु भयो । उहाँले प्रदेश सरकार आगामी दिनमा श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेसले राष्ट्रपति र हामीले उपराष्ट्रपति पाउने सहमति भएको छ । प्रदेश सरकार आउने दिनमा झनै बलियो हुन्छ, श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्छ ।’

अध्यक्ष यादवले सत्ता गठबन्धनले मधेस प्रदेशमा कुनै समस्या नआउने दाबी गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);