बटुक राज गिरि \माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ, फाल्गुन १३। देश तेस्रो राष्ट्रपतिको व्यग्र प्रतिक्षामा छ। नेपालको भावी राष्ट्रपतिको चुनावतर्फ सिंगो मुलुकको मात्र नभई अन्तर्राष्ट्रिय समुदायको पनि ध्यान गइरहेको छ । राष्ट्रपति पदको विशेष महत्व छ । तर, यसका लागि जुन किसिमको शक्तिसंघर्ष चलिरहेको छ त्यसले देशको राजनीतिमा दुरगामी असर पार्ने संकेत मिलिरहेको छ। बाह्य शक्तिले समेत राष्ट्रपति चुनावमा आफ्नो भूमिका देखाइरहेका छन् । राजनीतिक दलहरूले राष्ट्रपति पदलाई भोलिको राजनीतिको लागि अस्त्र बनाउने रणनीति बनाउन खोज्दैछन् । सेरेमोनियल राष्ट्रपतिलाई दलहरुले शक्ति केन्द्रको रुपमा स्थापित गर्न खोज्दा निकट भविष्यमा नै सरकार र राष्ट्रपति संस्थाबीचमा टकराव आउने सम्भावना उत्तिकै छ ।
त्यसो त नेपालको राष्ट्रपति पद संवैधानिक हो जसको निश्चित अधिकार र कर्तव्यबारे संविधानमा केही हदसम्म स्पष्टसँग व्याख्या गरिएको छ । राष्ट्रपति निर्वाचन गर्ने प्रक्रिया पनि प्रस्ट रूपमा उल्लेख छ । तर दलहरुले राष्ट्रपति पदमा देखाएको पछिल्ला गतिविधिले केही हदसम्म भोलिको नेपालको राजनीतिको तस्बिर देखाइरहेको छ। सबैभन्दा महत्वपूर्ण पक्ष, संविधानद्वारा सीमा निश्चित गरिएको राष्ट्रपति, जसलाई हामी ‘संवैधानिक’ अथवा आलंकारिक भनेर बुझ्ने गर्छौं, भोलिका दिनमा कतै कार्यकारिणी भूमिकामा प्रवेश गर्ने त होइन भन्ने शंका पनि यदाकदा गर्न सकिन्छ । अहिले दलहरुले राष्ट्रपति पदमा देखाएको खिचातानीले मुलुकमा राजनीतिक संकटको भुमरीमा पर्ने त होइन भन्ने शंका उत्पन्न भएको छ । राष्ट्रपति पद यति गिजोलिनमा विगतका राष्ट्रपतिहरुको व्यवहारले पनि दर्साउँछ किन कि पहिलो राष्ट्रपति रामवरण यादवले प्रधानसेनापति हटाउन सरकारले गरेको सिफारिस कार्यान्वयन गर्न नमान्दा तत्कालीन प्रचण्ड नेतृत्वको सरकार नै ढल्यो । अर्को विद्यादेवी भण्डारी दुई–दुईपटक राष्ट्रपति हुँदा संसद विघटन सिफारिस देखि सदनले दुई–दुई पटक प्रमाणित गरेर पठाएको विधेयक नै रोक्ने कदमले विवादमा ल्यायो । यसरी आफू अनुकुल सत्ता चलाउनका लागि पनि दलहरुले राष्ट्रपति पदमा मरिहत्ते गरेको देखिन्छ ।
नेपालको आन्तरिक राजनीति गठबन्धन बनाउने र भत्काउनैमा बढी केन्द्रित छ । जसले गर्दा राजनीतिक दल र आम नागरिकबीच दूरी बढ्दो छ । अहिले जुन हिसाबले मुलुकको राजनीति अगाडि बढ्दै गएको छ त्यो सत्ता र शक्तिकै संघर्षमा सिमित हुँदै गएको छ । यसले मुलुक थप अस्थिरता र संकटमा त जाने होइन ?
आशंकाका काला बादल मडारिइरहे