नेपाली काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने ८ दलको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

नेपाली काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने ८ दलको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहितका दलहरुले नेपाली काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने भएको छ ।

शुक्रवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ८ दलको बैठकमा सो निर्णय भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बैठकमा राष्ट्रपतिको विषयमा मात्रै छलफल भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले नेपाली काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने प्रश्ताव राखेको र सबै ८ दलले सहमति जनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा विषयमा मात्रै छलफल भयो । प्रधानमन्त्रीले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई सहयोग गरौँ भनेर प्रश्ताव गर्नुभयो । त्यसमा ८ दलले नेपाली काँग्रेसको उम्मेदवारलाई यस पटकको राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने टुंगो लागेको छ ।’

बैठकमा उपस्थित काँग्रेस सहितिका ८ दलहरुले नेपाली काँग्रेसको उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारमा सहयोग गर्ने सहमति भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);