राष्ट्रपति देशको अनुहार हो, सहमति कायम गरौँः मन्त्री खान | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

राष्ट्रपति देशको अनुहार हो, सहमति कायम गरौँः मन्त्री खान

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले आफूहरु राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा रहेको बताउनुभएको छ ।

जनमत पार्टीको वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका मन्त्री खानले शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउनुभएको हो ।

उहाँले राष्ट्रपति देशको अनुहार भएको भन्दै त्यसमा विवाद गर्नु नहुने बताउनु भयो । राष्ट्रपतिमा सहमति गर्नुपर्नेमा आफूहरुको जोड रहेको उहाँको भनाई छ ।

मन्त्री खानले राष्ट्रपति निर्वाचनको सन्दर्भमा ठूला राजनीतिक दलहरुले आफूहरुसँग कुनै छलफल नगरेका बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);