चार दलबीच पुरानो गठबन्धन ब्युताँउने सहमति | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

चार दलबीच पुरानो गठबन्धन ब्युताँउने सहमति

काठमाडौँ, १२ फागुन । चार दलबीच चुनाव अघिको सत्तागठबन्धन ब्युँताउने सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पुराना गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो ।

बुधबार साँझ कांग्रेस र माओवादी केन्द्र पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो । सोही अनुरुप आज बिहान बैठक बसेको हो । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ गठबन्धनमा आबद्ध गराउने चार दलबीच सहमति भएको छ ।

आगामी पाँच वर्षभित्र माधव नेपाललाई पनि प्रधानमन्त्री बनाउने गरी सहमतिको खाका तयार पारिने बताइएको छ । पुरानो सत्तागठबन्धन ब्युतने भएसँगै पुस १० मा भएको सात दलीय गठबन्धनको भविष्य संकटमा परेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);