काठमाडौं, १२ फागुन । राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । राष्ट्रपति निर्वाचनको लागि स्वीकृत गरिएको कार्यतालिकाअनुसार मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको तयारी छ ।
राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरू रहेको निर्वाचन मण्डलबाट हुने संविधानमा उल्लेख गरिएबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम मतदाता नामावलीमा समावेश गरेको छ । राष्ट्रपतिका लागि आगामी फागुन २५ गते मतदान हुँदैछ । भोली मनोनयन दर्ताको कार्यक्रम छ ।