पुरानो गठबन्धन ब्युताउने निर्णायक वार्ता हुदै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

पुरानो गठबन्धन ब्युताउने निर्णायक वार्ता हुदै

काठमाडौं, १२ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता फागुन १३ गतेलाई तोकेको छ । राजनीतिक दलका शीर्ष नेताहरुलाई छलफल गर्न भ्याइ नभ्याइ छ । सरकारलाई विश्वासको मत दिएका सबै ठुला दल राष्ट्रपतिको उम्मेदवार बनाउन र बन्न चलखेल गरिरहेका छन् ।

सोही विषयमा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् । ओलीसँगको भेटवार्ता अघि नै प्रचण्डले नेपाली कांग्रेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

त्यसपछि भने पुराना सत्तागठबन्धनमा आबद्ध दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको बैठक बस्ने जनाईएको छ । बिहीबार माओवादी, एस र जसपाको संयुक्त रुपमा बसेको बैठकको निर्णयअनुसार आज कांग्रेससँग वार्ता गर्न लागिएको हो । आजको बैठकले पुरानै पाँचदलिय गठबन्धन ब्युताउन औपचारिक निर्णय गर्ने बुझिएको छ । आगामी फागुन २५ गते राष्ट्रपतिको चुनाव हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);