जसपालाई उपराष्ट्रपति दिने विषयमा माओवादी केन्द्र सकारात्मकः अध्यक्ष यादव | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

जसपालाई उपराष्ट्रपति दिने विषयमा माओवादी केन्द्र सकारात्मकः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

छलफलका क्रममा आफूहरुले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको उहाँले बताउनु भयो । प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उहाँले बताउनु भयो । उहाँले आगामी दिनमा सरकारको विषयमा पनि छलफल हुने बताउनु भयो ।

अध्यक्ष यादवले प्रधानमन्त्री दाहालले जुनसुकै काम गर्दापनि नेपाली काँग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गर्नुभएको उल्लेख गर्नुभयो । दाहालले आगामी दिनमा काँग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको उहाँको भनाई छ ।

साँझमा पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरु छलफलमा जुट्ने उहाँले जानकारी दिनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);